वियरिस ट्रेण्ड समात्दै १२ सयबाट तल ओर्लियो नेप्से, लगानीकर्ता भन्छन्, ‘अब आत्महत्या गर्ने दिन धेरै टाढा छैन’


Related image
काठमाडौं । लामो समयदेखि ओरालो लागेको नेप्से परिसुचक आज (मंगलबार) १ हजार २ सयभन्दा तल ओर्लिएको छ । बजारमा सेयरको बढ्दो फ्लो, उच्च ब्याजदर तथा घट्दो बजारमा बैंक तथा वित्तीय संस्थाको मार्जिन कलको प्रेसरले गर्दा नेप्से परिसुचक दैनिकजसो ओरालो लागेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । करिब २/३ महिना अघि १ हजार १ सय ६८ अंकमा ओर्लिएको नेप्से परिसुचका त्यसको केही समयभित्रै ह्वात्तै बढेर १ हजार ४ सय अंकभन्दा माथी पुगेको थियो । तर, त्यसयता सामान्य रुपमा क्रमश ओरालो लागेको बजार मंगलबार १ हजार १ सय ९४ अंकमा झरेको छ । 


बजारमा नेप्से परिसुचक दैनिक रुपमा दोहोरो अंकको आसपासमा आएको गिरावट र कारोबार रकमले साथ छाड्दै गएपछि त्यसले लगानीकर्ताहरु हतोत्साहित भएका हुन् । ‘नेप्से परिसुचकसँगै कारोबार रकममा पनि उच्च गिरावट आउनु बजारको लागि एकदमै घातक पक्ष हो,’ ती लगानीकर्ताले भने, ‘जसले लगानीकर्ताको मनोबल गिराएको छ भने केही लगानीकर्ताहरु पलायन भइसकेका छन् ।


’ केही समय अघि दैनिक ५० करोडदेखि १ अर्ब रुपैयाँसम्म कारोबार भएको बजारमा अहिले खुम्चदै २० करोड रुपैयाँको आसपासमा रुमलिएको छ । बजार ओरालो लाग्ने क्रम बढेसँगै उद्यमी तथा लगानीकर्ता प्रतापजंग पाण्डेले आफ्नो फेसबुकमार्फत सेयर लगानीकर्ताहरु एकदमै नाजुक अवस्थामा पुगेको उल्लेख गरेका छन् । ‘यसरी नै सेयरको भाउ घट्दै जाने, अर्थ कठोर बन्दै जाने र बैंकले मार्जिन कल गर्दे जाने भयो भने असार पछि लगानीकर्ताले आत्महत्या गर्यो भन्ने समाचार पनि चाडै बन्ने छ,’ उनले आफ्नो फेसबुकमार्फत भनेका छन् । 


जुन बजारको लागि एकदमै डरलाग्दो पक्ष हो । यस्तै नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष डा. आत्मराम घिमिरे पनि बजारले केही समय पहिलेदेखि नै वियरिस ट्रेन्ड समातेको र बजार अझै निरन्तर ओरालो लाग्ने बताउँछन् । ‘बजारले पहिलो पटक नेप्से परिसुचक १ हजार १ सय ६७ अंकमा आईपुग्दा नै वियरिस ट्रेण्ड समातिसकेको थियो,’ उनले भने, ‘बीचमा काल्पनिक रुपमा बढ्दै १ हजार ४ सय माथी पुग्यो तर अब १ हजारको आसपासमा आईपुग्छ ।’ बजारमा पछिल्लो समय बाढी लागेको हकप्रद र बोनस सेयर व्यवस्थापन नगरेसम्म नेप्से परिसुचक ओरालो लाग्ने क्रम नरोकिने उनको तर्क थियो । ‘बजारमा हकप्रद र बोनसको नाममा सेयर मात्र थपिएको छ तर सप्लाई छैन,’ उनले भने, ‘ती सेयर बिक्रीका लागि नयाँ बजार सिर्जना नगरेसम्म बजार ओरालो लाग्ने क्रम रोकिने छैन ।’ सेयर प्रति सरकारको अस्थिर नीति तथा बढ्दो ब्याजदरका कारण लगानीकर्तामा नकारात्म असर परेको समेत उनको तर्क थियो ।



Share on Google Plus

About Mr. Bill

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment